Currently:
830
Lyrics

Browse by Artiste:

0-9 A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Kandara - Tagaroma ( तगारोमा)

Artist

Kandara

Album

Barshau Pachi

Lyrics

तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
त्यही रुमालको पन्चासेको त्यही रुमालको पन्चासेको
फुल राखे मैले
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले

भिर थियो पाखा थियो गीतको मीठो भाका थियो
लुकि लुकि चियाउने गाजलु त्यो आँखा थियो
अगेनामा गुन्द्रुक मकै राखी दियौ तिमीले
अगेनामा गुन्द्रुक मकै राखी दियौ तिमीले
त्यही मकैमा पोखराको त्यही मकैमा पोखराको
दिल राखे मैले
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले

हिँड्नु थियो टाढा थियो मन कस्तो आधा थियो
सँगै बस्ने रहर थियो घर गाउँको बाधा थियो

हिँड्नु थियो टाढा थियो मन कस्तो आधा थियो
सँगै बस्ने रहर थियो घर गाउँको बाधा थियो
पर पुगी फर्कि यसो हेरे मैले
पर पुगी फर्कि यसो हेरे मैले
यस्तो लाग्यो जिन्दगीमा यस्तो लाग्यो जिन्दगीमा
भेट हुन्छ कहिले

तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
त्यही रुमालको पन्चासेको त्यही रुमालको पन्चासेको
फुल राखे मैले